स्वर्गीय पत्रकार जेपी जोशीको परिवारलाई आर्थीक सहयोग

 अत्तरिया , कैलालीको अत्तरियाबाट प्रकाशित हुँदै आएको अत्तरिया खबर दैनिकले स्वर्गीय पत्रकार जेपी जोशीको परिवारलाई आर्थीक सहयोग गरेको छ ।

आफ्नो तेस्रो बार्षीकोत्सवको अवसरमा पत्रिकाले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकिडाँडाका जोशीको परिवालाई सहयोग गरेको हो।

शुक्रबार अत्तरिया खबर दैनिकका संचालक बालकृष्ण ओझाले स्व. पत्रकार जेपी जोशीकी धर्मपत्नी बसन्ती जोशीलाई १० हजार नगद रकम हस्तान्तरण गरेका हुन्।

पत्रकार जेपी जोशीको १४ बर्ष अघि चौकिडाँडा सामुदायिक वनमा शव फेला परेको थियो । उनको बेपत्ता भएको ६१ दिनपछि शव फेला परेको थियो ।
पत्रकार जेपी जोशीको मृत्युपछि हाल उनको परिवार आर्थिक संकट संग जुध्दै आएको छ ।

उनका २ छोरी हाल विभिन्न संघ सस्थाहरुको सहयोगमा अध्ययनरत रहेका छन । पत्रकार जेपी जोशी मृत्यु प्रकरण अझै सम्म पनि रहस्यमय नै रहेको छ ।

 

ताजा समाचार