करेन्ट लागेर ज्यान गुमाएका कञ्चनपुरका ओडका परिवारलाई क्षतीपूर्ती दिइयो

कंचनपुर, कंचनपुरमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतीपूर्ती दिइएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालका ३८ बर्षिया दिनेश ओडको साउन ३१ गते करेन्ट लागेर मृत्यु भएको थियो। करेन्ट लागेर ज्यान गुमाएका ओडका परिवारलाई नेपाल विद्युत प्राधिकरण र डिसहोम अप्टीनेट सलुसन प्रालिले क्षतिपूर्ति दिएको हो।

विद्युतको पोलमा झुण्डिएको तारबाट पैदल यात्रा गरिरहेका दिनेशको मृत्यु भएपछि मृतक परिवार आफन्त आन्दोलित भएका थिए। पीडित पक्षसंग नेपाल विद्युत प्राधिकरण र फाईबर नेटका संचालकविच शुक्रबार सहमती भएको हो।

मृतक ओडका नाबालक सन्तानको उचित पालनपोषणका लागि डिसओमले १० लाख रकम दिएको छ भने नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्तिका लागि आवश्यक प्रकृया अघि बढाउने र मृतक ओडका परिवारका एक सदस्यलाई भीमदत्त नगरपालिकाले रोजगारी उपलब्ध गराउने सहमति भएको छ।

साथै आगामी दिनमा थप दुर्घटना हुन नदिन एक सातभित्रै विद्युत र डिसहोमका तार व्यवस्थापन गर्ने समेत प्राधिकरणले प्रतिवद्धता जनाएको छ।

 

ताजा समाचार