सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन

धनगढी,सुदूरपश्चिम प्रादेशिक क्रिकेट  संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिबार  धनगढीमा सम्पन्न संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन् ।त्यस्तै उपाध्यक्षमा रमेश बहादुर बोहरा बैतडी,सचीव लक्ष्मण दत्त भट्ट कंचनपुर,कोषाध्यक्ष दिनेश सिंह डोटी,सदस्यहरुमा हरी रेग्मी कैलाली,शेर सिंह खत्री बैतडी,तेज कार्की दार्चुला,अनिल कुँवर अछाम,माया रावत साउँद महिला सदस्य कंचनपुर,रमेश बहादुर चन्द डोटी,जोग बहादुर दौल्याय बझाङ्ग,बाबुराजा श्रेष्ठ कैलाली र आशिष कुमार खत्री कंचनपुर निर्विरोध निर्वाचित भएका हुन ।

क्यानको आगामी असोजमा हुन गैरहेको केन्द्रिय अधिवेशनका लागि अहिले जिल्ला तह हुँदै प्रदेश अधिवेशनहरु सम्पन्न भैरहेका छन् ।

 

ताजा समाचार