अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क आँखा शिविर

अत्तरिया , अत्तरिया उद्योग वाणिज्य संघले शनिवार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ।

नेपाल नेत्रज्योत संघ गेटा आँखा अस्पतालको सहयोगमा संघले शनिबार शिविर सञ्चालन गरेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिँह बोहराले बताए। अत्तरियामा रहेको गोदावरी कम्प्लेक्स अगाडी शिविर सञ्चालन भई रहेको छ। शिविरमा स्थानियको उल्लेखनिय उपस्थिति रहेको थियो ।

शिविरमा आँखाको मोतिबिन्दु लगायत आँखाका रोगीहरुको निःशुल्क अप्रेशन समेत गरिने अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष बोहराले बताए ।

 

ताजा समाचार