
युद्धविराम घोषणासँगै सीमा क्षेत्रमा खुसीयाली

अब सबैको ध्यान यो युद्धविरामपछि के हुन्छ भन्नेमा केन्द्रित हुनेछ। वरिष्ठ पत्रकार तलत हुसैनले भने, ‘नियन्त्रण रेखामा अब शान्ति फर्किने अपेक्षा छ। तर अब सेना हटाउने, तनाव घटाउने र गम्भीर कूटनीतिक संवाद सुरु गर्ने बेला हो ।’ उनले इण्डस वाटर ट्रीटी, पहलगाम हमला, र पाकिस्तानको संलग्नताबारे भारतको दाबी जस्ता विषयलाई पनि संवादको एजेन्डामा ल्याउनुपर्ने बताएका छन् । यसैबीच, भारत-प्रशासित कश्मीर सरकारले पाकिस्तानतर्फबाट भएको गोलाबारीका कारण ज्यान गुमाउने व्यक्तिहरूका परिवारलाई प्रत्येकलाई एक लाख रुपैयाँ ११ हजार ७ सय अमेरिकी डलर बराबर रकम उपलब्ध गराउने घोषणा गरेको छ ।
