बासु भिरमा पहिरो खस्दा केही समय यातायात आवजात बन्द , यात्रुहरूले आफैं खाेले सडक

अत्तरिया, कैलालीकाे चुरे गाउँपालिका-५ स्थित भासुभिरमा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। मंगलबार करिब १ बजेतिर भीर खस्दै आएको पहिरोका कारण राजमार्गको यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो। कैलालीको चुरे गाउँपालिका अन्तर्गत पर्ने भासुभिर खण्डमा बारम्बार पहिरो खस्ने गर्छ।

यात्रुहरूका अनुसार, भीर खसेपछि केहीबेर पर्खेर सडक खुल्ने आशामा बसेका उनीहरूले प्रशासन र स्थानीय सरकारलाई तुरुन्त खबर गरे पनि सम्बन्धित निकायबाट तत्काल सडक पन्छ्याउने टोली नआएको गुनासो गरेका थिए।

यात्रुहरू आफैं सङ्गठित भई पहिरोले सडकमा थुपारिएका ढुंगा–माटो हटाउने प्रयासमा जुटेका छन्। केही बेरपछि यात्रुहरुले आफै सडक खण्डमा खटिएर थुपारेको माटो ढुङ्गा सफा गरिसकेपछि सवारी यातायात सञ्चालन भएको थियो। एक ट्रयाक लाइन मात्र खुलिएको छ। अझ थोपारेको माटो हटाउन बाँकी नै रहेको यात्रुहरुले बताएका छन्।

 

ताजा समाचार