अत्तरिया, नयाँ वर्ष २०८२ को अवसरमा अत्तरिया जेसिजले भित्तेपात्रो विमोचन गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मङ्गलबार अत्तरिया, गोदावरी नगरपालिका–२ स्थित अत्तरिया जेसिजको कार्यालयमा सम्पन्न भएको हो।
अत्तरिया जेसिज २०२५ का अध्यक्ष प्रदीप खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष प्रकाश मल्ल (प्रवेग), महासचिव अनिष सिंह, पूर्व अध्यक्ष तेज खड्का र गणेश शाह लगायत विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै भित्तेपात्रो वितरण गरेका थिए।
अध्यक्ष खड्काले अत्तरिया जेसिजले स्थापना कालदेखि नै समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिए। उनले ट्राफिक सचेतना अभियान, स्वास्थ्य शिविर, लागुऔषध दुव्र्यसन नियन्त्रण तथा खेलकुद प्रवर्द्धनजस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइएको उल्लेख गरे।