छोटो समयमा स्थापना भएको सक्षम पाठशालाको नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका-१ मा अवस्थित सक्षम पाठशालाले नगरस्तरीय कक्षा ८ को वार्षिक परीक्षा २०८१ मा उल्लेखनीय सफलता प्राप्त गरेको छ। छोटो समयमै शिक्षाको क्षेत्रमा पृथक पहिचान बनाउन सफल यस पाठशालाले कुल ५९ वटा विद्यालय सहभागी रहेको परीक्षामा उदाहरणीय नतिजा ल्याएर सबैको ध्यान आकर्षित गरेको छ।

२०७६ सालमा स्थापना भई सञ्चालनमा आएको सक्षम पाठशालाले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस वर्षको नगरस्तरीय परीक्षामा कुल ३३ जना विद्यार्थी सहभागी भएका मध्ये १० जनाले A+ ग्रेड, १४ जनाले A ग्रेड र ६ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। बाँकी ३ जना विद्यार्थी ग्रेड सुधार परीक्षामा रहेका छन्।

विद्यालयका प्रिन्सिपल तर्कराज भट्टराईले यो सफलताको श्रेय विद्यार्थीहरू, शिक्षकहरू तथा अभिभावकहरूको निरन्तर परिश्रम र सहयोगलाई दिनुहुंदै सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आगामी शैक्षिक सत्रहरूमा झनै उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर अझ उचाइमा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो।

हाल विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि PG देखि कक्षा ८ सम्मका नयाँ भर्ना खुला गरिएको छ। नव वर्ष २०८२ को अवसरमा विद्यालयले सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई शुभकामना व्यक्त गर्दै आभार प्रकट समेत गरेको थिए।

 

 

ताजा समाचार