अत्तरिया,कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समितिले विजय र्याली निकालेको छ । बिहीबार नवनिर्वाचित समितिले अत्तरिया बजार परिक्रमा गर्दै विजय र्याली निकालेको हो ।
अत्तरियामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निकालिएको र्याली अत्तरिया बजार परिक्रमा गरेर पार्टी कार्यालयमै पुगेर समापन गरिएको थियो । र्यालीमा नवनिर्वाचित पदाधिकारी, विद्यार्थी, नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सभापतिमा निर्वाचित भुवन महराले निर्वाचित गराउने विद्यार्थीलाई धन्यावाद ज्ञापन गरे । उनले विजयी भएपछि आफूले विद्यालयका समस्या समाधानका लागि सबैसँग सल्लाह गरेर अगाडि बढ्ने बताए ।
सचिवमा निर्वाचित ज्योति साहुले नेविसंघको पुरै टिमलाई विजयी गराएकोमा धन्यावाद ज्ञापन गरिन् । उनले दुर्गालक्ष्मीमा ७५ प्रतिशत भन्दा बढी छात्रा अध्ययनरत रहेकाले उनीहरूका समस्या समाधानका लागि आफूले काम गर्ने बताइन् । ‘हाम्रो उद्देश्य नै विद्यार्थी आवश्यकता र हाम्रा एजेन्डा रहेको थियो’ उनले भनिन् ‘निर्वाचित भएपछि हामी अब सोही नारा अनुसार काम गर्ने छौ ।’
¥याली पछि आयोजित कोष सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति वसन्त रोकाया (ललित) ले सुदूरपश्चिमको मुख्य द्धारमा रहेको दुर्गालक्ष्मीमा नेविसंघ विजय हुनु कांग्रेसका लागि गर्वको कुरा भएको बताए । उनले अहिलेको जित ऐतिहासिक भएको बताए ।
बुधवार सम्पन्न निर्वाचनमा भुवन महरा नेतृत्वको नेविसंघको प्यानल प्यानल निर्वाचित भएको थियो । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको दुर्गालक्ष्मी क्याम्पसमा भुवन महरा दोस्रो कार्यकालका लागि प्यानल सहित निर्वाचित भएका हुन ।