कैलाली जिल्ला चेम्बरलाई उत्कृष्ट शाखाको सम्मान

अत्तरिया, नेपाल चेम्बर अफ कमर्सको ७४औं वार्षिक साधारण सभाले कैलाली जिल्ला चेम्बर अफ कमर्सलाई देशभरका जिल्ला चेम्बरहरूमध्ये उत्कृष्ट शाखा घोषणा गरेको छ।

काठमाडौंमा सम्पन्न सभामा कैलाली जिल्ला चेम्बरका अध्यक्ष प्रमोद अधिकारीलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र र दोसल्ला प्रदान गरेका थिए। उक्त सम्मानले जिल्लामा चेम्बरको योगदानलाई थप उत्साहजनक बनाएको विश्वास गरिएको छ।

कैलाली जिल्ला चेम्बरले निजी क्षेत्रका व्यवसायीहरूको साझा संस्था भएर व्यवसाय प्रवर्द्धन, रोजगारी सृजना, उद्योगमैत्री नीति निर्माण लगायतका विषयमा निरन्तर पहल गर्दै आएको छ। साथै, चेम्बरले जिल्लाका व्यवसायीहरूको हकहितका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको उल्लेखनीय छ।

अध्यक्ष अधिकारीले सम्मानपछि प्रतिक्रिया दिँदै आगामी दिनमा व्यवसायी हितमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्ध रहने जनाएका छन्।

 

ताजा समाचार