दुर्गालक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचन : प्यानलसहित महरा सभापतिमा विजयी

अत्तरिया, कैलालीको अत्तरियामा अवस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको छ। उक्त निर्वाचनमा कुल ८३१ मत खसेको थियो।

मतगणनापछि सार्वजनिक भएको नतिजा अनुसार स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार भुवन महरा ४४१ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी बम बहादुर बिश्वकर्मा (अखिल संयुक्त) ले ३७८ मत प्राप्त गरेका थिए।

सचिव पदमा पनि नेविसंघले जित हात पारेको छ। ज्योति साहु ४७४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गणेशनाथ योगी (अखिल संयुक्त) ले ३२६ मत प्राप्त गरेका थिए।

त्यस्तै, कोषाध्यक्ष पदमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाह ले ४४५ मत ल्याउँदै निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी दिपिका जोशी (अखिल संयुक्त) ले ३५१ मत प्राप्त गरिन्।

सदस्य र समानुपातिक तर्फका नतिजा सार्वजनिक भएको छ ।जसमा नेविसंघ नै प्यानल सहित विजय भएको छ। यो वर्ष पदाधिकारी, सदस्य तथा समानुपातिक सदस्यको मत पत्र फरक-फरक रूपमा गरिएको निर्वाचन आयाेगले जनाएको थियोे ।

स्ववियु निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।

 

ताजा समाचार