दुर्गालक्ष्मी विद्यालयको स्वर्ण महोत्सवमा ३३ पिन्ट रगत सङ्कलन

अत्तरिया,दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी अत्तरिया उप शाखाको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
उक्त रक्तदान कार्यक्रमबाट ३३ पिन्ट रगत सङ्कलन भएको अत्तरिया रेडक्रस उप शाखा अध्यक्ष भरत खड्काले जानकारी दिए।

रक्तदान जीवनदान मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा स्वर्ण महोत्सवमा सहभागी पूर्व विद्यार्थी मञ्च  शिक्षक,युवाहरु, महिलाहरु लगायत विद्यार्थीहरुले समेत रक्तदान गरेका थिए।

 

ताजा समाचार