अत्तरिया, आज सुदूरपश्चिम विश्वविद्यालय (सुप) अन्तरगतका विद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा पनि मतदान सुरु भएको छ । आज बिहान ८ बजे देखि मतदान सुरु भएको हो । मतदानको लागि अपराह्र ४ बजे सम्मको समय तोकिएको छ ।
दुर्गालक्ष्मीमा दुई संगठनबिच प्रतिष्पर्धा हुँदैछ । नेविसघं र संयुक्त अखिलबिच प्रतिष्पर्धा हुन लागको हो । नेविसंघबाट भुवन महरा र संयुक्त अखिलबाट बम बहादुर विक अध्यक्षका उमेदवार रहेका छन् ।