काठमाडौं, वरिष्ठ पत्रकार भैरव रिसाल को ९७ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो। वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको हो।
पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए। सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको उनका भाइ पुरु रिसालले बताए।