अत्तरिया, कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको ‘क्याम्पस स्टुडेन्ट्स सर्कल’ को अध्यक्षमा तारा नाथ ओझा चयन भएका छन । स्कुल अफ डेमोक्रेसी दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अन्तरगत ओझालाई ‘क्याम्पस स्टुडेन्ट्स सर्कल’ को अध्यक्षमा चयन गरिएको हो ।
‘सिक्न र सिकाउन पाईने कुरालाई आत्मसाथ गर्दै संस्था स्थापना गरिएको हो’ राजेन्द्र चटौतद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘संस्थाले समाजको लोकतान्त्रिकरणलाई अभियानका रुपमा अघि बढाएको र सो अभियानलाई महत्वपुर्ण बनाउन हामीले थालेको यात्रामा तपाईको भूमिका र योगदान आवश्यक ठानी तपाईलाई अध्यक्षको जिम्मेवारीमा मनोनित गरिएको छ ।’
शुक्रबार मनोनित गरिएको उक्त पत्र तरुण दलका गोदावरी नगरउपसभापति ललित भट्ट र नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य कुवेर खड्काले ओझालाई हस्तान्तरण गरेका छन