दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन : दुई प्यानल कडा प्रतिस्पर्धामा

अत्तरिया,कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि दुई प्यानलले उम्मेदवारी दर्ता गरेका छन्। आगामी चैत २७ गते सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुने निर्वाचनका लागि सोमबार संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्यानलसहित उम्मेदवारी दिएका हुन्।

संयुक्त अखिल प्यानलबाट स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बम बहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्। सचिव पदका लागि अनेरास्ववियुका गणेश नाथ योगी र कोषाध्यक्षका लागि अनेरास्ववियुकी दीपिका भट्टले उम्मेदवारी दिएका छन्। यस प्यानलमा समाजवादी, वैद्य, विप्लव, र अखिल छैटौँका उम्मेदवारहरू समेत समेटिएका छन्। सदस्यका रूपमा नीरज मडै, डम्मरी ओली, भागरथी खड्का, कमला कुमारी दर्लामी, सोहित खनाल, धिरज बोगटी, र सावित्री कामीले उम्मेदवारी दिएका छन्।

यस्तै, नेविसंघ प्यानलबाट सभापतिका लागि भुवन महराले उम्मेदवारी दिएका छन्। सचिवमा ज्योति शाहु र कोषाध्यक्षमा सोनिया शाहले उम्मेदवारी दिएका छन्। सदस्य पदका लागि बिपना कुँवर, विष्णु नेगी, तारा कुमारी भट्टराई, रोजिना खड्का, गोविन्द सिंह महरा, महेन्द्र खत्री, विवेक डगौरा, र कल्पना साउँद उम्मेदवार बनेका छन्।

सभापतिका उम्मेदवार भुवन महरा यसअघिको निर्वाचनमा स्ववियु सभापति निर्वाचित भएका थिए भने बम बहादुर विक सचिव पदमा विजयी भएका थिए।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल १,१२८ जना मतदाता रहेका छन्। स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनहरू प्रचारप्रसारमा जुटेका छन्।

 

ताजा समाचार