“लिडरको लिडर यात्राबाट सुरु हुन्छ:सुदूरको गति”

अत्तरिया, नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट न केवल पार्टीका मात्र नेता हुन्, तर एक सक्षम नेतृत्वकर्ता पनि हुन्। उनको राजनीतिक यात्रा संघर्ष, बलिदान र दृढ इच्छाशक्तिको उदाहरण बनेको छ। गणतन्त्र स्थापनाका उहाँ पनि एक प्रमुख नायकका रूपमा भट्टले नेपालको लोकतान्त्रिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका छन्।

देशको आमूल परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि गरिएको असाधारण संघर्ष थियो। यस सङ्घर्षले मुलुकमा राजतन्त्र अन्त्य गर्दै जनताका अधिकार सुनिश्चित गर्ने संविधान निर्माण गरायो। संविधान जारी भएको दशक पूरा भइसकेको छ, तर गणतन्त्रलाई अस्थिर पार्ने तत्वहरू अझै सक्रिय छन्। यस्तो संवेदनशील घडीमा लोकतन्त्र र संविधानको रक्षाका लागि जिम्मेवार नेताहरूको भूमिका झनै महत्त्वपूर्ण बनेको छ। लेखराज भट्ट यस्ता नेताहरूको अग्रपंक्तिमा उभिएका छन्।

सशस्त्र सङ्घर्षकालमा उनले पुर्‍याएको योगदान सर्वविदित छ। लोकतन्त्र स्थापनापछि पनि उनले आफ्नो राजनीतिक यात्रालाई सशक्त बनाउँदै लगे। जनताको पक्षमा आवाज उठाउन, सडकदेखि संसदसम्म दृढताका साथ अडिग रहने उनको शैलीले उनीप्रति विश्वास बढाएको छ। उनले बारम्बार गणतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र समृद्ध नेपाल निर्माणमा आफ्नो भूमिका प्रभावकारी रूपमा प्रस्तुत गरिरहेका छन्।

नेकपा एमालेले उनलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ। यस भूमिकामा उनले आफ्नो नेतृत्व क्षमताको परिचय दिन सफल भएका छन्। पार्टी संगठन सुदृढ गर्दै जनमत निर्माणमा उनको रणनीतिक सोच झल्किन्छ। सुदूरपश्चिम प्रदेशमा एमालेको प्रभावशाली उपस्थिति निर्माण गर्न उनले अहम् भूमिका खेलेका छन्। क्षेत्रीय विकास, पूर्वाधार निर्माण, गौरवका योजना र जनसरोकारका विषयमा उनले देखाएको सक्रियता प्रशंसनीय छ।

आजको राजनीतिक परिदृश्यमा बलियो, इमानदार र दूरदर्शी नेतृत्वको खाँचो छ। भट्टजस्ता नेताहरू पार्टीभित्र मात्र सीमित नभई राष्ट्रिय राजनीतिमा पनि मार्गनिर्देशक पात्र बन्न सक्छन्। नेकपा एमालेका लागि सुदूरपश्चिममा उनको नेतृत्वको प्रभाव बढ्दै गएको छ, जसले पार्टी निर्माण र विस्तारलाई थप गति दिएको छ।

राजावादीहरूले चालेको विनाशकारी अभियानको विरुद्धमा नेकपा एमाले देशव्यापी रूपमा सचेतना जागरण र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट नेतृत्वकाे जनचेतना अभियान सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाहरूमा सुरु भएको छ। उनले नेतृत्व सम्हालेपछि सुदूरपश्चिमको कैलाली जिल्लामा सयौंको सङ्ख्यामा वृहत् मोटरसाइकल र्‍याली निकालिएको थियो। यो र्‍यालीले जनचेतनाको लहर ल्याएको छ। जनताहरूमा सचेतना र जागरण र गणतन्त्रको विकल्प अरु हुन सक्दैन र गणतन्त्र नै हुन्छ । भन्ने सन्देश सुदुरका नौवटै जिल्लाहरूमा नेकपा एमालेको र नेकपा इन्चार्ज लेखराज भट्टको सन्देश फैलिएको छ।नेता धेरै हुन्छन्, तर लिडर विरलै जन्मिन्छन्। लेखराज भट्ट यस्ता लिडर हुन्, जसले विचार, सिद्धान्त र व्यवहारमा आफ्नो क्षमताको प्रमाणित गरेका छन्। उनको नेतृत्व यात्रा निरन्तर अघि बढेकाे छ। यो सचेतना र जागरण अभियान सुदूरका नौवटै जिल्ला र केही दिनमै कैलालीमा एउटा नयाँ सन्देश सहितको बृहत आमसभाको आयोजना पनि उहाँकै नेतृत्वमा हुने तय भएको छ। सम्पादकीय

 

ताजा समाचार