त्रिवि केन्द्रीय क्याम्पस स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी ‎

अत्तरिया, त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्ववियु निर्वाचन जितेको छ । नेविसंघको तर्फबाट  दिपकराज जोशी सभापति निर्वाचित भएका हुन् ।

उनले ७८९ मत प्राप्त गरे । २०७९ मा पनि त्रिवि क्याम्पसमा नेविसंघकले नै जितेको थियो । त्यतिबेला यहाँ नेविसंघको तर्फबाट डोटीका श्यामराज ओझा निर्वाचित भएका थिए ।

यो पटकको स्ववियु निर्वाचनमा त्रिवि विश्वविद्यालय क्याम्पसमा तीन दलका विद्यार्थी संगठनबीच तीव्र प्रतिस्पर्धा चलेको थियो ।

कुल ३ हजार १ सय १८ मत खसेकोमा जोशीले ७८९ मत प्राप्त गर्दा अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे । त्यस्तै, अखिल क्रान्तिकारी प्रविन दाहालले ७२७ मत प्राप्त गरे ।

अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार पदमा भुसालले १६६ र उज्जवल खड्काले ७१७ मत प्राप्त गरेका छन्

 

ताजा समाचार