धनगढी,नेकपा एमाले कैलाली जिल्ला कमिटिले शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । पार्टीले सुदुरपश्चिम प्रदेशभरी एकै पटक शक्ती प्रदर्शन गर्ने तयारी गरे अनुसार कैलालीमा बृहत मोटरसाइकल र्याली निकालिने जनाइएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा भोलि गोदावरी देखी धनगढी सम्म मोटरसाइकल र्याली निकालिने पार्टी कैलाली जिल्ला कमिटि अध्यक्ष यज्ञराज ढुगांनाले बताए ।उनका अनुसार कैलालीमा मात्र तीन ठाउँमा मोटरसाइकल र्याली निकाल्ने तयारी छ । अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै मोटरसाइकल र्याली निकालिनेछ छ । अत्तरियादेखि धनगढीसम्म दिउँसो २ बजे मोटरसाइकल र्याली निकालिने उनले बताए । पहिलो चरणमा सबै जिल्लामा मोटरसाइकल र्याली तथा जागरण भेला गर्न लागेको जनाइएको छ । ढुंगानाले गणतन्त्र विरोधीविरुद्ध भोलि हुने शक्ति प्रर्दशनको तयारी पूरा भएको बताए । उनले गोदावरीदेखि धनगढीसम्म शान्तिपूर्ण मोटरसाइकल र्याली निकाल्ने बताए ।