अत्तरिया,कैलालीको अत्तरिया चौरामा शुक्रबार साँझ ठेलागाडामा अचानक आगलागी हुँदा दुईवटा खाजा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। साँझ करिब ७ बजेको समयमा अत्तरिया चौराको फुटपाथमा राखिएका “आशिष खाजा घर” र “सुरेश खाजा घर” नामक ठेलागाडामा आगलागी भएको हो।
प्रत्यक्षदर्शीका अनुसार आगलागी सुरु भएपछि केही समयमै आगो दुवै ठेलामा फैलिएको थियो। आगोको तीव्रताका कारण ठेलामा रहेको सामग्री पूर्णरूपमा जलेर नष्ट भएको छ। घटनास्थलमा तत्काल स्थानीय बासिन्दा र व्यवसायीले आगो नियन्त्रणमा लिएका थिए।
ग्यास लिक हुँदा आगलागी भएको स्थानीयदर्शी रविन्द्र रोक्का मगरले बताउनुभयो। आगलागेको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति नभए पनि व्यवसायीलाई आर्थिक क्षति ठूलो भएको जनाइएको छ।