प्रधानमन्त्री राजावादीसँग मिलेको त होइन ? : पुष्पकमल दाहाल 

काठमाडौँ, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीसँग मिलेको हुन सक्ने आरोप लगाएका छन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा संसद्लाई बेवास्ता गरेको उल्लेख गर्दै उनले विपक्षीको मागलाई बेवास्ता गरेको बताए ।

समाजवादी मोर्चाको सभामा भने, ‘केपी ओली भित्रभित्रै राजावादीसँगै मिलेको होइन भन्ने प्रश्न उठेको छ । उहाँलाई गणतन्त्रप्रति रिस छ । गणतन्त्र भनेपछि माओवादी देख्नुहुन्छ । अहिले उल्टो काम गरे राजावादीलाई फाइदा हुन्छ । गणतन्त्रवादी हो भन्ने पुष्टी गर्न सदनमा आएर जवाफ दिनुपर्छ । अहंकारले दिँदैन ।’

उनले प्रधानमन्त्रीले कुलमानबारे संसद्मा चित्तबुझ्दो जवाफ दिन आग्रह गरे । ‘प्रधानमन्त्री प्रतिनिधिसभाप्रति जवाफदेही हुनुपर्ने हो । उहाँ जवाफ दिन लोकतन्त्र र संविधानप्रति जवाफदेही हुनुहुन्न,’ उनले भने, ‘सविधान मिचेर लोकतन्त्रलाई सखाप पार्ने काम नहोस् ।’

 

ताजा समाचार