प्रशासनले आज राजावादी र गणतन्त्रवादी दुवैको प्रदर्शन हुने भएपछि सम्भावित झडपलाई ध्यानमा राख्दै राजवादीहरुलाई रिङरोडमा प्रदर्शन गर्दै तिनकुनेमा सभा गर्न अनुमति दिएको छ।
दुवै पक्षको प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको बताएको छ। आजको प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिने बताइएको छ।