अत्तरिया, कञ्चनपुरको भीमदत्त नगरपालिका -८ का एउटै परिवारका दुई दिदी बहिनी एकै पटक सरकारी जागीरमा प्रवेश गर्नु भएको छ
बुवा जयसिंह धामी र आमा कमलादेवी धामी की माइली छोरी देवकी धामी निम्न माध्यमिक तृतीय श्रेणीमा सफल भई बझाङ जिल्लामा सिफारिस हुनु भएको हो र कान्छी छोरी उर्मिला धामीले प्राथमिक तृतीय श्रेणीको अछाममा सिफारिस हुनु भएको छ।
उहाँहरुको संघर्षको कुरा गर्दा सामान्य परिवारमा हुर्किएका र आफ्नो अध्ययन सँग संगै संस्थागत विद्यालयमा शिक्षण पेशामा आवद्ध भई आफ्नो मास्टर डिग्री सकाएर शिक्षक सेवा आयोगको तयारी लाई पनि निरन्तरता दिँदै असम्भव लाई पनि सम्भवको उदाहरण बनाएर देखाएको र परिवारमा सफलताले उत्साह र पछिल्लो पुस्तालाई पनि ऊर्जा थपेको उहाँले बताउनु भयो।