कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान पुगे सर्वोच्च

काठमाडौं ,सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाई सो ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो

घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गरी सर्वोच्चमा रिट दायर गरेका छन् । तर रिट भने दर्ता भएको छैन । बुधबार समय नपुगेकाले रिट दर्ता नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

प्रतिनिधिमार्फत घिसिङको रिट पाँच बजे सर्वोच्च पुगेको थियो । रिटमा आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न माग गरिएको छ ।

 

ताजा समाचार