माछासँगै जीवन,तालसँगै सपना:अत्तरियाका राजु भट्टको व्यवसायिक यात्रा”

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका-९, सेहरीमा अत्तरियाका राजु भट्टले माछापालन व्यवसायमार्फत उद्यमशीलता र स्वरोजगारको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। अत्तरियाबाट झन्डै १०/१५ किलोमिटर टाढा रहेको  नौ बिघा जमिनमा ‘आर.बी. एग्रो फर्म’ सञ्चालन गर्दै आएका भट्टले २०७८ सालदेखि माछा व्यवसायलाई व्यावसायिक मोडेलका रूपमा अघि बढाइरहेका छन्।

पेशागत जोश र व्यवसायिक सोचका साथ अघि बढिरहेका भट्टले प्रारम्भमा झण्डै ५० लाख रुपैयाँको व्यक्तिगत लगानीबाट माछा व्यवसाय सुरु गरेका थिए। हाल २५ वटा साना-ठूला पोखरीमार्फत सञ्चालन भइरहेको यस फर्मको वार्षिक कारोबार २ करोड १० लाख रुपैयाँसम्म पुगेको छ। आफ्नो परिश्रम र धैर्यको बलमा उनले व्यवसायलाई व्यवस्थित बनाउँदै लगिरहेका छन्।

राजु भट्टको दिनचर्या बिहान अत्तरियाको महेन्द्रनगर रोडस्थित भण्डारी चिया पसलमा चिया पिउनुबाट सुरु हुन्छ। त्यसपछि मोटरसाइकलमा झोला बोकेर आफ्नो कर्मभूमितर्फ लाग्छन्, जहाँ उनले माछा, पोखरी र वरिपरिका अवस्थाको अवलोकन गर्दै दिन बिताउँछन्। माछासँग रम्न रुचाउने भट्टको जीवनशैली सरल छ, तर व्यावसायिक सोचमा स्पष्ट र दूरदृष्टियुक्त छ। त्यसैकारण उहाँले निरन्तर प्रयाससँगै आफ्नो यात्रालाई अगाडि बढाइरहेका छन्।

उनले हालसम्म कुनै पनि सरकारी वा गैरसरकारी सहयोग बिना आफ्नै लगानीमा व्यवसाय संचालन गरिरहेका छन्। भट्ट भन्छन्, “रोजगार खोज्ने होइन, सिर्जना गर्ने हो।” यही सोचका साथ उनले हाल नौ-दश जनालाई स्थायी रूपमा रोजगारी दिएका छन्। उनका माछाहरू कैलाली आसपासका बजारहरू हुँदै नेपालका विभिन्न सहरसम्म पुग्ने गरेका छन्।

व्यवसायबाट अपार सम्भावना देखिरहेका भट्ट भन्छन्, “जसको सोच सकारात्मक हुन्छ, उसले कठिनाइको बीचबाटै सफलताको बाटो खोज्न सक्छ।” उनले सरकारी नजर त्यस्ता मेहनती उद्यमीहरूतर्फ केन्द्रित हुनुपर्नेमा जोड  समेत दिएका थिए।”

राजु भट्ट व्यवसायिक अनुशासन, कुशलता र निरन्तरताको प्रतीक बनेका छन्। समाज रूपान्तरण, अर्थतन्त्र सुदृढीकरण र स्वरोजगार सृजनामा उनीजस्ता व्यक्तिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। उनी सधैं भन्छन्, “भयो भनेर आत्तिनु हुँदैन, भएन भनेर निराश हुनु हुँदैन।” उहाँको विचार र दिन सङ्कल्प उच्च मानिएको पाइन्छ।

झण्डै पाच दशक पार गरिसकेका भट्टको जोश र आत्मविश्वास अझै उच्च छ। साथीभाइहरूसँग रमाउने, हाँसीखुसी समय बिताउने उनी, व्यवसायिक जीवनमा भने कठोर परिश्रमी र अनुशासित उद्यमी हुन्। समाजलाई परिवर्तनको दिशा दिने सोचका साथ उनी निरन्तर लागिरहेका छन्। समयसमयको पालना गर्ने भट्ट अहिले पनि उहाँ आफ्नो व्यवसायको बागडोरमा केन्द्रित भएर हिँडिरहेको पाइन्छ।

उनको सफलताको कथा धेरैका लागि प्रेरणादायक बन्न सक्नेछ,। राज्यले यस्ता स्वदेशी उद्यमशील प्रयासको पहिचान गरी प्रोत्साहन गर्न सकेमा देशको समृद्धिको यात्रामा थप गहिरो प्रभाव पार्न सकिने विश्वास धेरैले व्यक्तित्वहरूले व्यक्त गरेका थिए। माछाका पुनर्जीवनका कहानी माछामा पर्ने समस्याका कारणहरू माछा के कारणले र माछामा कुन खालको रोग लागेको छ उहाँले स्पष्ट रूपमा आफैंले युट्युबमा सर्च गरेर माछाका समस्या माछामा लाग्ने रोगहरू कुन सिजनमा कस्तो खालको रोगले माछालाई आक्रमण गरेको पाइन्छ ।

त्यसमा उहाँ बढी केन्द्रित भएर आफैंले पनि घरेलु र प्राथमिक उपचारलाई पहिलो प्राथमिकता राखेर माछाको उपचारमा पनि आफै केन्द्रित भएर लागेको पाइन्छन् र उहाँले युट्युबलाई एउटा उपचार केन्द्र र हस्पिटलको माध्यम बनाएका छन्। एक्रोभेट त छँदैछ,। उहाँको माछाको उपचार र माछामा भएका रोगको पहिलो अस्पताल युट्युब नै हो। युट्युबबाट माछामा लाग्ने रोगका विषयमा उनले अनुसन्धान र यसको प्राथमिक उपचार खोज्ने गरेको समेत पाइन्छ।

 

 

ताजा समाचार