कञ्चनपुर, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित ग्वालाबारी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा गोपाल भारती सर्वसम्मत चयन भएका छन्। मंगलबार सम्पन्न १९ औं वार्षिक साधारणसभाले भारतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।
समितिको अध्यक्ष पदका लागि यज्ञराज पन्त, किशोर सिंह धामी, लोकेन्द्र नाथ र गणेशदत्त जोशीले समेत आकांक्षा व्यक्त गरेका थिए। तर सर्वसम्मत सहमतिको आधारमा सबैले गोपाल भारतीको पक्षमा समर्थन जनाएपछि उनी निर्वाचित भएका हुन्।
यसअघि समितिका अध्यक्ष रहेका अम्मर देउवाले माघ ८ गते राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो। सो पद पूर्ति गर्न वार्षिक साधारणसभामा नयाँ नेतृत्व चयन गरिएको हो।
समितिको अन्य पदमा भने पहिलेका पदाधिकारीले नै निरन्तरता पाएका छन्। उपाध्यक्षमा प्रकाश नाथ योगी, सचिवमा महेश्वरी कुमारी नाथ, र कोषाध्यक्षमा नारन्ती चन्द पुनः चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा सुरज नाथ, पुष्पादेवी नाथ, चन्द्रा कुमारी नाथ, देबुकला महता, कृष्णा बिक, दिपक बिसी, बिष्ना भण्डारी, सिताराम चौधरी र कलावती धामी चयन भएका छन्।
ग्वालाबारी सामुदायिक वन उपभोक्ता समिति स्थानीय वन संरक्षण, सम्वर्द्धन तथा समुचित व्यवस्थापनमा सक्रिय रहँदै आएको छ। नयाँ नेतृत्वले समुदायको अपेक्षा अनुसार वनको संरक्षण तथा सामाजिक उत्तरदायित्व वहन गर्ने अपेक्षा गरिएको छ।