नेकपा एमालेको जरा अभियान अत्तरियाको गोदावरी-१ मा पनि सुरु

अत्तरिया,नेकपा एमालेको केन्द्रिय सर्कुलर अनुसार सञ्चालनमा आएको तीन महिने ‘पार्टी निर्माण (जरा) अभियान’ अन्तर्गत कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा वडा केन्द्रित अभियान औपचारिक रुपमा सुरु गरिएको छ।

वडा कमिटीका अध्यक्ष मानबहादुर बलायरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्घाटन सत्रकाे प्रमुख अतिथि नेकपा एमालेको जिल्ला कमिटी उपसचिव गंगा चौधरी रहनुभएको थियो। भने अतिथिमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य नैनसिंह कार्की, योगेन्द्र सिंह, शर्मानन्द भट्ट, नगर कमिटी अध्यक्ष सन्तोष सिंह, नगर सचिव विक्रम बिष्ट लगायत नेताहरूको सक्रिय उपस्थिति रहेको थियो। साथै वडा स्तरीय पदाधिकारी, पार्टी शुभचिन्तक, कार्यकर्ता र टोलबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी सबै वक्ताहरूले आ-आफ्ना धारणा राख्दै अभियानलाई प्रभावकारी बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले आगामी ‘मिशन ८४’ लाई सफल पार्नका लागि जरा अभियान महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै गाउँघरमा पार्टीका नीति, कार्यक्रम, विचार जनतासम्म पु-याउन यो अभियान सशक्त माध्यम बन्ने विश्वास व्यक्त गरेका थिए।

अध्यक्ष बलायरले टोलटोलमा पुगेर पार्टीका गतिविधिहरू जनतासमक्ष पुर्‍याउने, जनगुनासाहरू संकलन गरेर पार्टी नेतृत्वसम्म पुर्‍याउने उद्देश्यका साथ यो अभियान थालनी भएको बताउनुभयो। साथै उहाँले अभियानलाई निरन्तरता दिँदै टोलस्तरसम्म विस्तार गरिने बताउँदै नेतृत्व तहको साथ र कार्यकर्ताहरूको सक्रिय सहभागिताले लक्ष्य प्राप्ति सम्भव हुने विश्वास व्यक्त समेत गर्नुभयो। सबैले अभियानलाई प्रभावकारी बनाउँदै पार्टी निर्माणको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढ्नु प्रतिबद्धता जनाएका थिए।

 

ताजा समाचार