इशानको शतकप्रेरित हैदराबादको शानदार सुरुवात

अत्तरिया,इशान किशनको शानदान शतकको मद्दतले सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ सिजनमा प्रभावशाली सुरुवात गरेको छ। आइतबार सम्पन्न खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै आफ्नो पहिलो खेलमै विजय हासिल गरेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २८६ रनको विशाल योगफल तयार गरेको थियो। टोलीका ओपनर इशान किशनले ६४ बलमा अविजित १०६ रनको आकर्षक पारी खेले। उनले आफ्नो पारीमा ११ चौका र ५ छक्का प्रहार गरेका थिए। ट्राभिस हेडले ३८ बलमा ६७ रन बनाउँदै उनलाई राम्रो साथ दिए भने हेनरिच क्लासेनले २० बलमा ३४ रनको योगदान दिए।

राजस्थानका लागि तुषार देशपाण्डेले ३ विकेट लिँदै सबैभन्दा सफल बलर बने। महीश थिक्सानाले २ तथा सन्दीप शर्माले १ विकेट हात पारे।

जवाफी पारीमा २८७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्स २० ओभरमा ६ विकेटको क्षतिमा २४२ रनमै सीमित भयो। टोलीका लागि ध्रुव जुरेलले सर्वाधिक ७० रनको संघर्षपूर्ण पारी खेले। कप्तान सन्जु सामसनले ६६ रन बनाए भने शिम्रोन हेटमायरले ४२ रनको योगदान दिए। शुभम दुवे ३४ रनमा अविजित रहे।

हैदराबादका बलरहरू पनि प्रभावशाली देखिए। सिमरजित सिंह र हर्षल पटेलले समान २ विकेट लिँदा मोहम्मद शामी र एडम जाम्पाले १-१ विकेट लिए।

इशान किशनको उत्कृष्ट प्रदर्शन र टोलीको समग्र प्रदर्शनले हैदराबादलाई प्रतियोगिताको शुरुवातमै आत्मविश्वास दिलाएको छ।

 

ताजा समाचार