लोक देउडा गायक दीर्घ फुलाराको नयाँ गीत ‘पूर्व लाल पडिगै’ सार्वजनिक हुँदै

अत्तरिया, चर्चित लोक देउडा गायक दीर्घ फुलाराको नयाँ गीत ‘पूर्व लाल पडिगै’ आज सार्वजनिक हुँदैछ। रेखा जोशी र आफ्नै शब्द, स्वर र अभिनयमा तयार गरिएको यो गीतमा मोडेल अनु खड्का रहेका छन्। देउडा क्षेत्रका स्थापित नामहरूमध्ये एक फुलाराले यसअघि पनि थुप्रै लोकप्रिय गीतहरू सार्वजनिक गरिसकेका छन्, जसमा सुदूरपश्चिमेली संस्कृति झल्कने तत्वहरू विशेष जोड दिएका हुन्छन्।

लोकसंस्कृतिका संवाहक मानिने फुलाराले देउडा मात्र नभई विभिन्न पप तथा अन्य लोकगीतहरू पनि प्रस्तुत गर्दै आएका छन्। सुदूरपश्चिमको कला, संस्कृति र पहिचानलाई गीतमार्फत उजागर गर्न कटिबद्ध फुलारा देउडा संस्कृतिका एक अगुवा कलाकार मानिन्छन्। गीत-संगीतसँगै उनी सांस्कृतिक गतिविधिमा पनि सक्रिय देखिन्छन्।

अनु खड्काले पनि दर्जनौं गीतमा अभिनय गरिसकेकी छन्। यसपटकको ‘पूर्व लाल पडिगै’ गीतको छायांकन डडेल्धुराको मनमोहक पहाडी भेगमा गरिएको छ। गीतमा परम्परागत देउडा शैलीलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ, जसले सुदूरपश्चिमेली श्रोतालाई मात्र नभई सम्पूर्ण नेपाली संगीतप्रेमीलाई लोभ्याउने विश्वास गरिएको छ।

आज दिउँसो १२ बजे सार्वजनिक हुने यो गीतलाई लिएर गायक फुलाराले सम्पूर्ण श्रोताहरूसँग माया, साथ र सेयरको अपिल गरेका छन्। उनले भनेका छन्, “यस गीतमा हाम्रो संस्कृति, पहिचान र समाजका भावना समेटिएको छ। सबै श्रोताले हेरेर यसको मर्म बुझ्नुहुनेछ भन्ने आशा छ।”

फुलाराले निरन्तर रूपमा देउडा संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता जनाउँदै विभिन्न नयाँ सांगीतिक सिर्जनामा लागिपर्ने बताएका छन्। ‘पूर्व लाल पडिगै’ गीतले दर्शक-श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।https://youtu.be/TaLrhK10WlE?si=aQqj4mE2XBAGrxfl

 

ताजा समाचार