अत्तरिया, अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशीको निधन भएको छ। अचानक बिरामी परेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका जोशीको गयराति निधन भएको हो।
गोदावरी नगरपालिका–४ निवासी जोशी बिहीबार अचानक अचेत भएपछि परिवारले उनलाई तत्काल सेती अस्पताल पु¥याएको थियो। प्रारम्भिक उपचारपछि केही समय होसमा आएका जोशीको राति १२:३० बजे निधन भएको वडाध्यक्ष हेम प्रकाश मल्लले जानकारी दिए।
जोशी लामो समयदेखि सामाजिक सेवामा सक्रिय थिए। उनले अत्तरियाका विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। साथै, उनी नेपाली कांग्रेस कैलालीका वरिष्ठ नेतासमेत रहेका थिए।
जोशीको निधनले अत्तरियासहित सिंगो कैलालीलाई नै अपूरणीय क्षति पुगेको स्थानीयले बताएका छन्। उनका शुभचिन्तकहरूले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।