“आगामी दिनमा सुधार गर्दै जानेछु”: सावित्रा भण्डारी

काठमाडौ , राष्ट्रिय टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स प्रस्थान गर्नु अघि संचारकर्मीसँग आफ्ना अनुभवहरू साझा गरिन्। उनले चार महिनापछि राष्ट्रिय टिममा फर्किन पाउँदा खुसी लागेको बताइन्। “फाइनलमा पुग्यौँ, फ्यानको माया फेरि उस्तै पायौँ,” उनले भनिन्।

सावित्राले स्वीकार गरिन् कि सुरुका दुई खेलमा आफू लयमा फर्किन सकिनन्। तर, आगामी खेलहरूमा सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने बताइन्। यसै सन्दर्भमा उनले नयाँ पुस्ताका लागि फुटबल सकारात्मक सन्देश बोकेको उल्लेख गरिन्। “यसपटकको खेलबाट नयाँ जेनेरेसनमा राम्रो म्यासेज गएको छ। अब अभिभावकले आफ्ना बच्चालाई पनि फुटबल खेलाउनुपर्छ भन्ने महसुस गर्नुभएको छ,” उनले थपिन्।

पाँच महिनामा दोस्रो पटक फाइनलमा पराजित हुनुका सम्बन्धमा पत्रकारहरूले प्रश्न गर्दा सावित्राले हार स्वीकार्दै सुधारको आवश्यकता रहेको बताइन्। “यस्तो हार कयौँ सिनियर प्लेयरले भोग्नुभएको छ, हामीले पनि भोग्नुपर्यो। हाम्रो प्लेयरको प्यासन लेभल अझै पुगेको छैन,” उनले भनिन्।

फाइनलमा ग्रुप स्टेजमा खेले जस्तै प्रदर्शन गर्न नसकिएको स्वीकार्दै उनले आगामी दिनहरूमा रणनीतिमा सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन्।

 

ताजा समाचार