प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा गिरी चयन

sharethis sharing buttonकञ्चनपुर, प्रेस चौतारी नेपाल जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा मदन गिरी चयन भएका छन् । फागुन १३ देखि १५ गते सम्म चलेको ८ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी निर्विरोध चयन भएका हुन ।
यस्तै उपाध्यक्ष खुलामा भूपाल केसी, उपाध्यक्ष महिलामा लक्ष्मी सेठ्ठी, सचिवमा धन बहादुर बोहरा, सह–सचिवमा माधव पौडेल र विमल विश्वकर्मा, कोषाध्यक्षमा भवानी दत्त भट्ट (भुवन) चयन भएका छन् । बाकी ६ जना सदस्य रहेका छन् ।

अधिवेशनबाट प्रदेश प्रतिनिधिमा लक्ष्मणदत्त पन्त, धन बहादुर बिक तथा यमकला पाण्डेय र केन्द्रीय प्रतिनिधिमा राजेन्द्र विष्ट, सुरेश धामी र महेश्वरी जोशी (माया) चयन भएको निर्वाचन समितिका संयोजक राजेन्द्र सिंह धामीले बताए ।

 

ताजा समाचार