राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलाडीलाई गोदावरी नगरपालिकाद्वारा बिदाई

अत्तरिया,कैलालीको गोदावरी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई गोदावरीका नगरप्रखुम बिरेन्द्र भट्टले बिदाई गरेका छन । घोडाघोडी नगरपालिकामा आज देखि १५ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिदाई गरेको हुन ।

आज देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका ११२ जना खेलाडीहरु सहभागिता रहने जानकारी गोदावरी नगरपालिकाका शीक्षा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले बताए । कुनै खेलमा खेलाडीको दोहोरिएको भुमिका रहेको प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स खेल खेलाइने जनाइएको छ ।

गत मशिर १८ गते देखि २१ गते गोदावरीको दुर्गाभवानी माबि हरैयामा आयोजित राष्ट्रपति रनिङ शिल्डको खेलकुद कार्यक्रमा बाट छनौट भएका बिभिन्न बिधामा खेलाडीहरुलाई छनौट भएर आज एक अनौपचारिक कार्यक्रमबाट खालाडीलाई जर्सी र पालिकाको लोगो अंकित ब्यानर, राष्ट्रिय झण्डा संयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको थियो ।

बिदाई कार्यकममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले विद्यार्थीको भविश्यसँग जोडिएको खेलकुदमा अनुसाशित भ‍एर खेलमा आफ्नो कला प्रदर्शन गर्नु, गत बर्ष भन्दा राम्रो खेल प्रदर्शन गर्नुहोला र गोदावरीको नाम र मेडल जित्न समेत शुभकामना ब्यक्त गरे ।

 

ताजा समाचार