अत्तरिया,काठमाडौँमा सम्पन्न थारु कल्याणकारी सभाको २३औँ राष्ट्रिय महाधिवेशनबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरियामा रहेको निमेष सामुदायिक अस्पतालका सञ्चालक तथा युवा नेता डा. फुलराम चौधरी केन्द्रीय कार्यसमिति सदस्य पदमा निर्वाचित हुनुभएको छ।
डा.चौधरी थारु समुदायका एक सहयोगी र प्रभावशाली व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। उहाँले स्वास्थ्य सेवा तथा सामाजिक कार्यमा उल्लेखनीय योगदान पुर्याउँदै आइरहनुभएको छ। केन्द्रीय कार्यसमिति सदस्यमा चयन भएपछि उहाँले थारु समुदायका हकअधिकार, शिक्षा, स्वास्थ्य र आर्थिक समृद्धिका क्षेत्रमा थप काम गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन्।
महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। थारु समुदायको उत्थान र विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ डा.चौधरीकाे काँधमा नयाँ जिम्मेवारी थपिएको छ। ।
उहाँको याे जिम्मेवारीले थारु समुदायमा मात्र नभई कञ्चनपुर र आसपासका क्षेत्रमा सकारात्मक विचार रहने देखिन्छ। डा.चौधरीलाई अहिले विभिन्न क्षेत्रबाट बधाइ र शुभकामनाका दिइरहेका छन्।