शिक्षा अहिलेको आवश्यकता,खेल नै जीवन हो : प्रदेश सांसद चौधरी

अत्तरिया,कृष्णपुर नगरपालिकाको आयोजनामा सुरु नगरपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय गीता चौधरीले खेलकुदको महत्त्व र यस क्षेत्रको सम्भावनाबारे आफ्नो विचार व्यक्त गरिन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, “शिक्षा अहिलेको आवश्यकता हो भने खेल नै जीवन हो।” खेलकुदले विद्यार्थीको मानसिक र शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले कृष्णपुर नगरपालिकाले मात्रै होइन, यो क्षेत्रले जिल्ला, राष्ट्रिय, र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्षम रहेको उल्लेख गरिन्।

उहाँले विगतमा आफू पनि एक खेलाडी भएको र चोटका कारण खेलकुद छोड्नुपरेको स्मरण गरिन्। खेलकुदको माध्यमबाट व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धि हुने भन्दै उनले थपिन्, “तपाईंहरूको माया र आशीर्वादले मलाई राजनीतिमा अघि बढ्न मद्दत गरिरहेको छ।”

खेलकुदको क्षेत्रमा प्रायः बजेट अभाव हुने कुरालाई औंल्याउँदै उनले यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। विद्यालयस्तरबाट नै उत्कृष्ट खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरमा कृष्णपुरलाई चिनाउन सक्षम हुने विश्वास पनि व्यक्त गरिन्।

प्रतियोगितामा सहभागी खेलाडीहरूलाई प्रोत्साहित गर्दै उनले भनिन्, “जित भनेको खेलको एउटा हिस्सा हो। सबैले सम्मानजनक खेल प्रस्तुत गरेर उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ भन्ने विश्वास छ।” साथै, खेलाडीहरूको मेहनत र लगनशीलता प्रशंसनीय रहेको भन्दै उनले भविष्यका लागि शुभकामना दिइन्।

माननीय चौधरीले उपस्थित विद्यालयका खेलाडी भाइबहिनीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै भनेकी थिइन्,।“सबै खेलाडीले सम्मानजनक र प्रेरणादायक प्रदर्शन गर्नेछन् भन्ने विश्वास रहेको समेत बताउनुभयो।”

कार्यक्रमका अन्त्यमा उनले सबै खेलाडीलाई शुभकामना दिँदै खेलकुद क्षेत्रलाई अझ विकसित गर्न सहयोग र समर्थनको खाँचो रहेको औंल्याइन्। कार्यक्रमले कृष्णपुर क्षेत्रको खेलकुद क्षेत्रमा नयाँ जोश र उत्साह सहित स्थानीय युवापुस्तामा नयाँ ऊर्जा भर्ने विश्वास गरिएको छ।

 

 

ताजा समाचार