धनगढीमा मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते

धनगढी , धनगढीमा आफै अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मंगलबार राति धनगढी उपमहानगरपालिका–५ को पिपलचौतारा नजिकै सुपप्र ०१०१२ प ७४८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय प्रेम थापा र पछाडि सवार २८ वर्षीय दिपक थापा घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको धनगढीमा उपचार भइरहेको छ । चालक थापाले मदिरा सेवन गरेर मोटरसाइकल चलाएको पाइएको प्रहरीको भनाई छ ।

 

ताजा समाचार