अत्तरिया– नेकपा एमालेका ७८ वर्षीय जेष्ठ नागरिक समाजका अगुवा नेता चुनुवा कोलीले समाजको विकासमा केन्द्रित हुने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ। अत्तरियाको शिवशंकर टोलका स्थानीय पनि हुन् । उहाँले टोलको विकासका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
“यो गरिबको बस्ती हो, हामी मिलेर बसेको समाजलाई भाँडभैलो गर्ने खालका नेताको कुनै आवश्यक छैन,” कोलीले भन्नुभयो। उहाँले समाजलाई विकासमुखी बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो।
नेता कोलीले आफ्नो राजनीतिक आस्थाबारे पनि स्पष्ट धारणा राख्दै भन्नुभयो, “म आफू रहन्जेलसम्म नेकपा एमालेको समर्थनमा रहनेछु। मरेपछिको कुरा बेग्लै हो।”
उहाँले पूर्व वडा अध्यक्ष कृष्णराज जोशीको कार्यकाललाई सम्झिँदै भन्नुभयो, “जोशी अध्यक्ष हुँदा यो क्षेत्रको विकासका लागि दिनरात खटेर ग्राभेल गराइएको थियो। तर अहिले यो क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैन।”
समाजका अन्य सदस्यले पनि विकासका लागि नेतृत्वले योजनाबद्ध रूपमा काम गर्नुपर्ने माग गरेका छन्। कार्यक्रममा कोलीले टोलको विकासमा युवा पुस्ताले पनि सक्रियताका साथ सहभागी हुनुपर्नेमा जोड दिनुभएको थियो। अहिले यस्तो खालको कुराले समाजको विकास हुन सक्दैन । यस्ता क्रियाकलापमा नलाग्नुपर्ने आग्रह गरेका थिए। उहाँले