टिकारामको राजनीतिसँगै ३७ वर्षीय व्यवसायिक यात्रा

अत्तरिया, टिकाराम आचार्य कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं. ६ का स्थानीयवासी हुन्।, राजनीतिसँगै ३७ वर्षीय व्यवसायिक यात्रामा सफलता प्राप्त गर्ने प्रेरणादायक उदाहरण बनेका छन्। लामो समयदेखि व्यवसाय गर्दै आएका आचार्य अहिले गोदावरी नगरपालिकाको अत्तरिया स्थित महेन्द्रनगर रोडमा “कलश जनरल स्टोर” होलसेल पसल सञ्चालकमा रहेको छ।

व्यवसाय र राजनीतिमा सक्रिय एक प्रेरणादायक व्यक्तित्वका रूपमा परिचित छन्। उनले व्यापारको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै,स्थानीय बजारमा आफ्नो व्यापार फैलाएका छन्।

व्यापारिक यात्रा सुरु गर्दा उनले डोटीको दिपायल र कैलाली जिल्लाको चौमलामा पनि व्यापार गरेका थिए, जहाँ उनले आफूलाई व्यवसायमा निरन्तरता दिने उद्देश्य राखे। उनका अनुसार, व्यापारमा निरन्तरता र मेहनतले सफलता प्राप्त गर्न सकिन्छ, र उनी यसको उत्तम उदाहरण बनेका छन्। आजकल उनले १०/१२ जना जनालाई रोजगारसमेत दिएका छन्, र अहिले उनीले १०/१२ जनालाई रोजगार प्रदान गर्दै, वार्षिक रूपमा करोडौंको कारोबार गर्दै छन्।

व्यवसायिक सफलता मात्र होइन, उनी राजनीतिमा पनि सक्रिय छन्। २०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको आचार्य अहिले नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्यका रूपमा कार्यरत छन्। व्यापार र राजनीतिलाई समान रूपले अगाडि बढाउँदै, उनले स्थानिय जनताका लागि विविध सामाजिक गतिविधिहरूमा पनि योगदान दिएका छन्। राजनीति र व्यापारको सङ्गममा उनी सधैं सक्रिय रहन्छन् र आफ्नो पार्टीका विभिन्न गतिविधिहरूमा पनि भाग लिन्छन्।

उनको व्यापार र राजनीतिका विचारहरूको मूल मन्त्र हो – “जाने व्यापार अपार, नजाने व्यापार खरानी।” व्यवसायिक रूपमा नै ठूलो सफलता हासिल गरेका आचार्यले आफ्नो जीवनमा व्यापार र राजनीतिका दुबै क्षेत्रलाई सँगै अगाडि बढाउँदै एक उत्तम उदाहरण प्रस्तुत गरेका छन्।

उनको यो यात्रा अन्य युवाहरूको लागि प्रेरणादायक छ र व्यापार र राजनीति दुवैलाई सफलतापूर्वक सँगै अघि बढाउनका लागि एक उज्जवल उदाहरण बनेको छ।

 

 

ताजा समाचार