सपनाको हुरी
सम्झिन्छु विरक्त लाग्छ,
खै किन आजभोलि दिक्क लाग्छ,
सम्झिदा खिक्क बाडुल्की लाग्छ,
सोच्दै छु के भाको होला भनेर
गन्दै छु म दिन औला गनेर,
थाहा छैन कुन दिन गन्दैछु,
यो नि थाहा छैन,
म यो कुरा कसलाई भन्दैछु,
किन घरी घायल अनी पागल बन्दैछु!
उफ्…………
सपना देख्दै छु म अनेकन थरीथरीका
पोख्दै छु पिडा मनभरीका
राख्दै छु संघर्षको कथा यहाँ,
छोओस सफलताले मन जहाँ,
तर सधै सपनाले देख्दै छ,
विपनाको छायाले बाटो छेक्दै छ,
मन बेला-बेला दुख्दै छ,
त्यसैले………
सपना र विपनामा कडा प्रतिस्पर्धा छ,
रातमा सपनाको वेगले जित्छ,
दिउसोमा अट्टाहस मनको वेगले जित्छ,
यसैगरी अचेल दिनरात बित्छ,
भनौ सपनाकै हुरीमा मन सिमीत छ!
मन छ त्यो संघर्षको संसारमा रमाउने,
नजिकबाटै भएपनी स्पर्श गरी एकै छिन हराउने,
मनका अनेक वेदनारुपी भाव हटाउने
र सफलताको औला समाउने!
रमाउने मन छ………….
जहाँ सपना माथि विपनाको विजय होस्!
शरिरका अङग अङगमा सफलताको तरङगले छोओस्
अनी होस विपनाको हुरी
र धावा बोलोस सपनाको हुरी माथी!