अत्तरिया हस्पिटलमा सिटिस्कयान सेवा सुरु

अत्तरिया,कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा सिटिस्कयान सेवा सुरु भएको छ ।

सिटिस्कयान सेवाको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए ।उनले नया थपिएको सेवाले यस क्षेत्रको स्वास्थ सेवामा ठूलो योगदान पुग्ने बताए ।

२०७९ सालमा स्थापना भएको हस्पिटलमा करिब साढे ४ करोडको लागतमा सिटिस्कयान सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष आनन्द पाठकके बताए ।

उनले अत्तरियामा प्रहिलो पटक सिटिस्कयान सेवाको सुरुवात गरिएको बताउदै अबका दिनमा यस क्षेत्रका मानिसले बाहिर जान नपर्ने बताए ।

 

ताजा समाचार