गोदावरी-१० को खमौरामा निर्माणाधिन खानेपानी आयोजनाको ५० प्रतिशत काम सम्पन्न

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा न १० को खमौरामा विशाल खानेपानी आयोजनाको निर्माणको कामले गति लिएको छ ।
एक घर एक धारा भन्ने उद्देश्यका साथ केही महिना अगाडी गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उक्त खानेपानी ट्याङ्कीको सिल्यान्यास गरेका थिए भने ३-४ महिना समय अबधिमा भौतिक निर्माणमा ५० प्रतिशत बढी काम सम्पन्न भएको जानकारी निर्माण कम्पनीका संयोजक दिनेश भट्टले बताएका छन ।
खानेपानीको समस्यालाई मध्यनजर गर्दै यस योजनालाई प्राथमिकता दिएर हरेक घर-घरमा शुद्ध खानेपानीको पहुंच गर्ने उद्देश्यका साथ करिब २ लाख २५ हजार लिटर बराबरको क्षमताको खानेपानी ट्याङ्कीले यस क्षेत्रका करिब १ हजार १ सय २९ घरधुरीलाई प्रत्यक्ष रूपमा शुद्ध खानेपानी बाट लाभान्वित गर्ने उद्देश्यले उक्त खानेपानी निर्माण कार्य सुरु गरेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

 

गोदावरी नगरपालिकाबाट आफ्नै स्वामित्वमा निर्माण हुन गइरहेको खानेपानी ट्याङ्की सुदुरपश्चिम प्रदेशको स्थानीय सरकारको यो पहिलो योजना रहेको र वडा नं १० बासीहरुको घर-घरमा धारा पुर्याई २ वर्ष भित्रमा शुद्ध खानेपानीको पहुँचमा ल्याउने उद्देश्यका साथ नगरपालिका यस कार्य अघि बढाएको जानकारी नगर प्रमुख भट्टले बताएका छन ।

 

नगरपलिकाले बृहत खानेपानी आयोजना अन्तर्गत १० नं वडामा ५ करोड २० लाख ३२ हजार ३ सय १ रुपैया बजेटबाट उक्त ट्याङ्की २ वर्षमा सम्पन्न हुने गरी धनगढीको एमएस एल बि एन्ड जय श्री बालाजी जे भी निर्माण व्यवसायी कम्पनी संग सम्झौता गरिएको हो।

 

यस आयोजनाको निर्माणका लागि पानी टंङ्की, पम्प हाउस / गार्ड हाउस, अफिस रुम, बोरिङ सेट निर्माणको काममा समष्टीगतमा ५१ प्रतिशत काम भएको र ३८ किलोमिटर मेन तथा शाखा पाईप लाईन बिस्तारका लागि नगरपालिकामा सूचना समेत जारी गरी सकेको जानकारी बालाजी जे भी निर्माण व्यवसायी कम्पनीले जनाएको छ ।

 

ताजा समाचार