डोटीको मौवामा अवस्थित प्रसिद्ध नमादेब मन्दिरमा कार्तिक २९ गते जात्रा लाग्ने ।

 

लक्ष्मन ओझा /अत्तरिया ,सुदूरपश्चिमका पहाडी जिल्ला तिहार लगतै विभिन्न शक्तिपिठमा मेलाको चहलपहल सुरु भएको छ ।

यस्तै डोटी को आदर्श गाउँपालिका वडा नं. 2 मौवामा अवस्थित प्रसिद्ध नमादेब मन्दिरमा कार्तिक २९गते जाँत हुने भएको हो।

कार्तिक २८ गते रतेडी र २९गते दिउँसेडी जाँत हुने बताइएको छ । रतेडीका दिन पुजा आराधना गर्ने र बझाङ ,अछाम, बैतडी का चर्चित देउडा गायक लाई बोलाएर रातभर देउडा खेलेर रमाइलो गर्ने र दोस्रो दिनमा दिउँसेडी जाँत लाग्ने स्थानीय बताउदछन।

डोटी का विभिन्न प्रशिद्ध धार्मीक स्थल जस्तै यस धार्मीक स्थलमा पनि जाँत (जात्रा) हुँदा मन्दिरको पूजा र दर्शन गर्न तराई जिल्ला कैलाली, कञ्चनपुर लगायत भारतबाट आउने नेपाली भक्तजनको घुँईचो लाग्ने गरेको छ । मेलामा आफ्न्तहरुले भेटघाट गर्दै आफ्ना सुखदुःखका कुरा साटासाट हुनेगर्छ । मेलामा स्थानीय स्तरमा उत्पादित बस्तु र कृषि उपजको व्यापारसमेत हुने गरेको गरेको छ।

नमादेब देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ ।

 

ताजा समाचार