अत्तरिया, नेकपा एमालेका सचिब लेखराज भट्टले विधीको शासन सबैले मान्नुपर्ने तर्क राखेका थिए। सबैले आआफ्ना गल्ती कमी कमजोरीहरू सच्याउँदै पार्टी निर्माणसँगै पार्टीमाथि भइरहेको हमलाका विरुद्ध कट्टीबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ थियो।
आज नेकपा एमाले गोदावरी नगरकमिटीले आयोजना गरेको रक्तदान कार्यक्रमलाई बाेल्दै उनले यस्तो बताएका हुन ।
देशमा अराजक तत्वहरूले घेराबन्दीको रणनीति अपनाइरहेका छन् । अहिलेको विद्यमान समस्या सँग तर्क दिँदै उनले भने संसदीय छानबिन समितिले दिएको प्रतिबेदन कै आधारमा सरकारले सहकारी प्रकरणको छानबिन गरिरहेको छ । केही अराजक व्यक्तित्वहरू सडकमा आतंक मच्चाउने , सडक तताउने , सडकबाट अराजकता गराउने जुन खालका प्रवृत्ति छ त्यसले नेपालको हित गर्दैन । बिधीको शासन मान्नेले अदालत माथी बिश्वास राख्नुपर्छ ।’
सचिब भट्टले एमालेको नेतृत्व माथि अहिले प्रहार भैरहेकाले नेता कार्यकर्ताले त्यसको विरुद्ध लाग्नुपर्ने बताए ।
उनले अहिले काँग्रेस एमाले को संयुक्त सरकार भए पनि गलत कुराको भने बिरोध गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका थिए।