गोदावरी-७ की लक्ष्मी दमाईको परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका ७ की लक्ष्मी दमाईको परिवारलाई खाद्यान्न लगायत बिभिन्न आवश्यक सामाग्री सहयोग गरिएको छ । काठमाण्डौ निवासी समाजसेवी मिङ्गमा दोर्जे र्शेपाको आर्थिक सहयोग तथा सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरको समन्वयमा खाद्यान्न लगायत आवश्यक सामाग्रीहरु सहयोग गरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका ७ की लक्ष्मी दमाईको परिवारलाई खाद्यान्न लगायत बिभिन्न आवश्यक सामाग्री सहयोग गरिएको छ । २ बर्षअघि देखि जंगलको किनारमा बस्दै आएका लक्ष्मी दमाईको परिवारमा ८ जना सन्तान लगाएत श्रीमान, श्रीमती र पिडीत लक्ष्मीका ससुरा गरी ११ जना सदस्य रहेका छन ।

आवासको लागि पनि उचित व्यवस्था समेत रहेको छैन । बर्षायाममा पानीले छानो छुहिनुका साथै, अध्यारोमा सर्प, किराले टोक्ने डर सधैभ रहेको भने हिउदमा जाडोले मरिने डर उक्तिकै रहेको छ । बृद्ध ससुरा र बिरामी श्रीमान हुदा लक्ष्मी दमाईलाई आफ्ना ८ जना सन्तानको पालन पोषण गर्न धौधौ भइरहेको छ । यस समस्यामालाई मध्यनजर गर्दै पिडीत लक्ष्मीको मलम पट्टी लगाउन काठमाण्डौ निवासी समाजसेवि मिङ्गमा दोर्जे र्शेपाको आर्थिक सहयोग तथा सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुवँरको समन्वयमा खाद्यान्न लगायत आवश्यक सामाग्रीहरु सहयोग गरिएको हो ।

समाजसेवि मिङ्गमा दोर्जे र्शेपाको आर्थिक सहयोग पुर्वतिर सिन्धुपाल्चोक, काभ्रे लगाएतका जिल्ला लगाएत सुदुरपश्चिमका विभिन्न दुर्गम जिल्लाका गरिब तथा पिछडिएका नागरिकहरुलाई सहयोग गर्दै आएको समेत सामाजिक अभियान्ता लक्ष्मी कुँवर बोगटीले बताउनु भयो ।

सामाजिक अभियान्ता बोगटीले करिब ७० हजार बराबरको राहत वितरण गरिएको बताउनु भएको छ ।उक्त परिवारलाई आवश्यक परे बमोजिम बलाङकेट, पकाउने देखि खाने भाडाकुँडा, खाट लगाएत खाद्यान्नहरु सहयोग गरेको बताउनुभयो ।

त्यस्तै पिडीत लक्ष्मी दमाईले सहयोग गर्ने सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै सहयोग प्राप्त भएको सामानहरु पनि राख्ने ठाउँ समेत नरहेको दुखेसो गर्दै बिजुली बत्ती समेत नभएको बताउनु भएको छ । आवास तथा बिजुली बत्तीको लागि सबैले सहयोग गरिदिनुपर्ने उहाको आग्रह छ ।

सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवरले पनि देशका विभिन्न जिल्लाका गरिब तथा पिडीत अवस्थामा रहेका परिवारका लागि विभिन्न कठिनाईका बाबजुतमा आवाज उठाएर सहयोग गर्दै आउनु भएको छ । उहा संगै उहाका श्रीमान समेत हातमाथी हात दिएर साथ र सहयोग गरिरहनुभएको छ ।

 

ताजा समाचार