मिसेस नेपाल वर्ल्डकी प्रतियोगी अत्तरियाकी मायालाई भोटको अपिल

अत्तरिया, मिसेज नेपाल वर्ल्डकी प्रतियोगी अत्तरियाकी माया लामालाई भोट गर्नका लागि अपिल गरिएको छ । प्रज्ञा भवन कमलादी, काठमाडौँमा भइरहेको विवाहित महिलाहरु बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ की प्रतियोगी उनी यतिबेला सुदूरपश्चिमका विभिन्न स्थानमा पुगेर भोटका लागि अपिल गरिरहेकी छिन् ।

सुदूरपश्चिमको कैलालीबाट प्रतिनिधित्व गरिरहेकी उनी सौन्दर्यकर्मी समेत हुन् । लामाको घर कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया हो । फाइनल राउण्ड प्रवेश गरेकी उनलाई खल्ती एपको भोटिङमा मिसेस नेपाल वर्ल्ड २०२४ मा गई प्रतियोगी नम्बर २४ मा भोट गर्न अपिल गरिएको छ ।

नेपाल बाहिरबाट भोट गर्न डट खल्ती डटकममा गई ब्यानरमा क्लिक गरी भोट नावमा गई मिसेस नेपाल वर्ल्ड २०२४ मा मागिएको विवरण र भुक्तानी गर्न सकिने बताइएको छ ।

 

ताजा समाचार