अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

अत्तरिया, कैलालीको अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको छ । गोदावरी नगरपालिका सँगको समन्वयमा अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल नेपाल परियाजनाले गोदावरी नगरपालिका – १ मा रहेको कृषि उपज थोक बजार समितिको परिसरमा कोल्ड स्टोर निर्माण गरेको हो ।

उक्त कोल्ड स्टोर बिहिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले कृषि उपज थोक बजार समिति अध्यक्ष नन्दलाल भट्टलाई हस्तान्तरण गरेका थिए । कोल्ड स्टोर आठ लाख १७ हजार ६९९ रुपियाँ निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष नन्दलाल भट्टले कोल्ड स्टोरले यहाँका किसानलाई राहत मिल्ने बताए । कोल्ड स्टोर सञ्चालनका लागि समितिले कार्यविधी तयार पार्ने उनले बताए ।

यद्दपी कृषि उपज थोक बजार समितिको परिसर मै ३ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर भने बाहिरी संरचना निर्माण सम्पन्न हुँदा पनि विगत ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

 

 

ताजा समाचार