अत्तरिया, संगितको महासङ्गम लोटस टप ताराको सिजन-१७ ग्रयान्ड फिनाली-२०८१ प्रतिज्ञा कुवँरको पक्षमा आएको छ । सांगितीक क्षेत्रमा उज्वल भविष्य स्थापित गर्ने दृढ संकल्प लिएका हरुको निम्ती उद्गम थलोको रुपमा स्थापित भएको लोटस टप ताराको सिजन-१७ बाट लोटस आई सेकेन्ड्री स्कुलको कक्षा ६ मा अध्ययनरत छात्रा प्रतिज्ञा कुवँर विजय भएकी छिन् । मंगलबार नेपाल आईडल सिजन-२ का विजेता रवी ओडको प्रमुख आथित्यतामा सुरु भएको लोटस टप ताराको सिजन-१७ ग्रयान्ड फिनाली बुधबार भव्यताका साथ सम्पन्न भएको थियो ।

लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष गिरीराज कडायतले यस्ता कार्यक्रमहरु भविष्यमा संस्कृति र संस्कार जोगाउन फलदायी हुने बताउनु भयो । टप तारा जस्ता विभिन्न कार्यक्रमहरुले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय तथा राष्ट्र पहिचान गर्ने बताउनु भएको छ ।
त्यस्तै लोटस आई अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सीपल मान बहादुर ऐरले विद्यालयको शैक्षिक क्षेत्रको विकासका लागि विभिन्न कार्यहरु गर्दै आएका बताउदै विद्यार्थीहरुमा रहेको प्रतिभाहरुलाई प्रस्फोटन गर्न विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । टप तारा कार्यक्रमले विद्याथीहरुको सर्वाङगीण विकासमा टेवा समेत पुग्ने बताउनु भएको छ । टप तारामा अहिले जति पनि प्रतिस्पर्धीहरु छन ती प्रतिस्पर्धीहरु भविष्यमा संगित क्षेत्रका बहुमुल्य रजत हुने उहाको विश्वास छ ।

लोटस टप ताराको सिजन-१७ बाट कक्षा ६ मा अध्ययनरत प्रतिज्ञा कुवर विजय भएसंगै कक्षा १२ मा अध्ययनरत रितु रोकाया दृतिय र कक्षा १० मा अध्ययनरत मुकेश नेपाली तृतिय भएका छन् । विद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्नको निम्ती सांगितीक क्षेत्रमा रुचि भएका विद्यार्थीमा थप निखारता ल्याउदै उज्वल भविष्य स्थापीत गर्ने उदेश्य सहित सुरु गरिएको लोटस टप ताराका सम्पूर्ण सिजनहरुले सफल र सबल संगितकर्मी स्थापित गरिरहेको छ ।