नेकपा ( एमाले) सुदुरपश्चिम प्रदेश कमिटी ले पार्टी भित्र रहेका पुर्ब माओवादी को पुर्ण ब्यबस्थापन हुने बताएको छ ।
प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले बुधबार आज एक प्रेस बिज्ञपति जारी गर्दै उक्त कुरामा जोड दिएका छन् ।बिज्ञप्तीको ९ नम्बर बुदाँमा भनिएको छ ” नेकपा (माओवादी केन्द्र) संग विगतमा भएको निर्वाचनमा कार्यगत एकता र पछि पार्टी एकता नेपाली वाम पक्षधर जनताको भावना अनुकुल थियो र टिकाउन नसक्नुमा केही कमजोरी रहे पनि एकताको निरन्तरता दिदै नेकपा (एमाले) मा रहनु
भएका कमरेडहरुको व्यवस्थापन गर्दै पुनः पनि एकताको प्रयास गररिहनु बहुमत सहितको स्थिर सरकारका लागि आवश्यक भएकोले सकारात्मक सोच र एकतावद्ध भई संगठनमा जुट्न हार्दिक आह्वान गर्दछु ।”