अत्तरिया, कैलालीको अत्तरियामा प्लम्बरहरुसँग शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । अत्तरिया र धनगढी क्षेत्रमा काम गरिरहेका प्लम्बरहरुलाई सहभागि गराएर शुक्रबार स्टार पोलि पाईप ईन्डष्ट्रिज प्रा.लि. ले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कम्पनिका बिक्रि प्रमुख दिनेश राज बिष्टले अत्तरिया र धनगढी क्षेत्रका प्लम्बरहरुसँग मिलेर दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको बताए । उनले प्लम्बरहरुलाई प्लम्बिङका विभिन्न तौरतरिका, कसरी प्लम्बीङ गर्ने, कस्ता सामग्रीहरुले प्लम्बीङ गर्दा दिगो र सुरक्षित बनाउन सकिन्छ लगायतका विविध विषयवस्तुहरुका बारेमा पनि जानकारी दिईएको बताए ।
‘यो खासमा शुभकामना आदान प्रदान कै लागि कार्यक्रम आयोजना गरिएको हो’ उनले भने ‘तर यसमा प्लम्बर साथीहरुलाई प्लम्बीङका विभिन्न तौरतरिकाहरुका बारेमा पनि हामीले जानकारी दिने प्रयास गरेका छौ ।’ उनका अनुसार कम्पनिले प्लम्बरहरुलाई विभिन्न तालिमहरुको पनि आयोजना गर्ने गरेको छ ।
‘हामीले विशेष गरी सबै भन्दा पहिला प्रत्येक क्षेत्रबाट डिलरहरुको सहभागितामा प्लम्बरहरुलाई फ्याक्ट्री भिजिट गराउने काम गर्दै आएका छौ’ उनले भने ‘त्यो सँगै त्यहाँको प्राविधिकसँग राखेर स्तरिय ट्रेनिङको पनि व्यवस्था कम्पनिले गरेको छ ।’
कार्यक्रममा अत्तरिया तथा धनगढी क्षेत्रका प्लम्बरहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बिमल खत्रीले गरेका थिए ।