अत्तरिया, कैलालीको अत्तरियामा न्यू सस्तो वेवी सप फेन्सी पसल सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका -२ को सिटी सिटी सेन्टरको पहिलो तलामा नयाँ व्यवस्थापनका साथ ठाउँ परिवर्तन गरी उक्त फेन्सी पसल सञ्चालनमा आएको हो । उक्त पसलको शुक्रबार अत्तरिया उद्योग वाणिज्य संघका सचिव तथा पसल संचालक दिपिन कुमार साउदले रिवन काटी उद्घाटन गरेका हुन ।
करिब ३० लाखको हाराहारीमा न्यू सस्तो वेवी सप सञ्चालनमा ल्याएको सञ्चालक दिपिन कुमार साउदले जानकारी दिए । यस भन्दा पहिलो अत्तरिया चौक नजिकै रहेको र अहिले सिटी सेन्टरको पहिलो तलामा सारेको जानकारी दिएका छन ।
हाम्रो गाउँ ठाउँमा पनि नयाँ समय अनुसार सबैले आ- आफ्ना बालबालिकाका लागि पनि फेसनेवल लुगाहरु लगाउन चाहेकाले यो व्यवसायमा केही अपेक्षा देखेर सुरु गरेको बताए । उनले आफुले पुरानै व्यवसाय अंगाले पनि आउने पिढिहरुको सहजताका लागि व्यवसाय थप गरिएको बताए ।
संचालक साउदले भने, ‘समाजको आवश्यकतालाई मध्यनजर गरी समय सुहाउँदो व्यवसायका रुपमा फेन्सी पसल सञ्चालन गरिएको बताए । उनले नयाँ भवनमा फेन्सी पसल सञ्चालन गरिएको समेत बताए ।